९.१८ अंकको गिरावट नेप्से

Spread the love

काठमाडौं ।

साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.१८ अंकले  घटेको छ । बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन ४.२६ अंले घटेको बजारमा आज २१ लाख ५५ हजार ५८६ कित्ता शेयरको खरिदबिक्री भएको छ । जसमा ६२ करोड दुई लाख ६६ हजार १६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम ह्वात्तै घटेको छ ।

बुधबार नेप्सेमा कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ । जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा स्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.६६ प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले वृद्धि भएको हो ।

यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ५.३५ प्रतिशतले गिरावट हुँदा सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ५.१९ प्रतिशतले गिरावट भएकमो छ । सूचीकृत कम्पनीमा सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

 

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *