काठमाडौं ।
नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ।
आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ करोड १ रुपैयाँमा कारोबार भयो।
अघिल्लो दिनमात्रै १९.१२ अंकले घटेको बजारमा आज ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सबै उपसमूह रातम्मे भएका छन् ।
कारोबारका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा वइन नेपाल लघुवित्त वित्तीय संस्था, आत्मनिभर लघुवित्त वित्तीय संस्था, एनआईबीएल ग्रोथ फण्ड र नेपाल एसबीआई बैंक डेबेन्चर २०८३ रहेका छन् ।
त्यस्तै सर्वाधिक गुमाउनेमा इस्ट्रन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बलेपी हाइड्रोपावर रहेका छन् ।