चारसयले बढ्यो सुनको मुल्य

Spread the love

काठमाडौं ।

बुधबार सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम थियो।

चाँदीको मूल्य भने यो साता लगातार स्थिर छ। चाँदी आज प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *