मदन भण्डारीको शालिकमा माल्यापर्ण

Spread the love

काठमाडौैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् ।

बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन् ।साथै एमालेका शीर्ष नेताहरुले पनि भण्डारीको शालिकमा माल्यापर्ण गरेका थिए ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाइएकाे छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *