क्यान्टोनमेन्टमा भ्रष्टाचार देखिए जेल जान तयार छु : प्रधानमन्त्री

Spread the love

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् ।

तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित भएको र छानबिन गरेर दोषी ठहरिए म जेल जान तयारभएको प्रतिबद्धता गर्दै उनले भने, ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो। क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ। त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो। यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ। पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ। त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु। राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ।’

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *