एमाले सांसदहरूलाई ओलीको निर्देशन- सरकारका नीति तथा कार्यक्रमको समर्थन गर्न सकिँदैन, विरोध गर्नू

Spread the love

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन गरेका छन्।

आज (शनिबार) संघीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नरहेको भन्दै पार्टीका सांसदहरुलाई विरोध गर्न भनेका छन् ।

‘यसले कुनै मार्गदर्शन गर्दैन । यो स्विकारयुक्त छैन । समर्थन योग्य छैन । विरोध योग्य छ । यस्ता फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेश हुनु दुःखद् कुरा हो । यसर्थ, यसलाई पास गर्न हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो,’– उनले भने ।

‘संसद्‍मा हाम्रो उपस्थिति लुलो– लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो। एमाले किन ओइलाए  जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो,’– उनले भने ।

ओलीले सरकारको नीति तथा कार्यक्रमले पञ्च वर्षीय योजनालाई सम्बोधन गर्न नसकेकोसमेत बताए । उनले सरकारको नीति तथा कार्यक्रम केवल नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भएको टिप्पणी गरे ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *