लिपुलेक बिनाको नक्सा आगाडी ज्ञवालीको भाषण !

Spread the love

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई देशबीच सम्बन्ध सुधारका लागि तीन दिने भारत भ्रमणमा छन् । शुक्रबार इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (सप्रु हाउस)ले आयोजना गरेको कार्यक्रम सहभागी भएर ज्ञवालीले मन्तव्य दिए । तर उनले मन्तव्य दिइरहँदा पछाडि राखिएको ब्यानरमा देखिएको नक्‍साले उनलाई गिज्‍याइरहेको थियो । उक्‍त नक्‍सामा नेपालको कालापानी, लिपुलेक र लिम्‍पियाधुरा भने गायब थियो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्‍सा राख्‍नुको सट्टा पुरानै नक्‍सा राखिएको थियो ।

२०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक विरोध भएको थियो । सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर स्वतः सरकार कामचलाउ बनेको अवस्थामा भ्रमण गर्न नहुने सुझाव थियो । ज्ञवालीले शुक्रबार बिहान हैदरावाद हाउसमा आफ्ना समकक्षी भेटेका छन् । साढे एघार बजे नेपाल-भारत संयुक्त अयोगको छैटौं बैठक बसेको थियो ज्ञवालीले भारतले गलत संदेश दिनकै लागि तयार गरेको ब्यानरको अगाडी बसेर इन्कार गर्नुले राष्ट्रवादको प्रचार उदांगो भएको भन्दै नेपालमा चर्को आलोचना सुरु भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *