नेकपा एसका केन्द्रीय सल्लाहकार दलबहादुर गुरुङ एमालेमा प्रवेश

Spread the love

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

एमाले प्रवेश गरेका गुरुङले देशमा देखिएको संकटलाई पार लगाउन एमालेले मात्र सक्ने भएकाले एमालेमा फर्किएको बताए ।

‘देशमा एकदमै संकट छ । त्यो संकट कुन पार्टीले पार लगाउन सक्छ भन्दा मेरो नजरमा नेकपा एमाले पर्‍यो । त्यसकारण एमालेमा प्रवेश गरे‌’, उनले भने, ‘नेकपा एसमा गएका सबैको मूल घर एमाले हो, सबैजना एमालेमै फर्कनुहुन्छ ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *