६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइयो

Spread the love

काठमाडौं ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । सिआइबीले बुधवार जिल्ला सरकारी वकिल कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी गराए । उनले अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको भन्दै प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीहरु समेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको बताए ।

उनले संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न ६० दिनसम्मको समय हुने भन्दै आज ५७ दिन पुगिसकेकाले बाँकी रहेको ३ दिनभित्रमा अदालतमा अभियोजनका लागि पेस गर्ने बताए ।

उनले भने, ‘भर्खरै अनुसन्धान प्रतिवेदन आइसकेको छ । अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको हुनाले यसमा के छ, कसो छ, कति जनालाई प्रतिवादी बनाइएको छ, कति जनालाई मुद्दा नचल्ने निर्णय भएको छ भन्नेकुरा खुल्न बाँकी नै छ । अगाडीपट्टी हेर्दाखेरी फरार प्रतिवादीहरु समेत २९ जनालाई प्रतिवादी बनाएको अवस्था छ । जिल्ला न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ताज्युहरुले आज यसको अध्ययन गरिसकेपछि, आज ५७ औँ दिन हो । ६० दिनसम्म संगठित अपराध मुद्दामा अनुसन्धान अभियोजनका लागि सरकारी वकिल कार्यालय र प्रहरीले यसमा अनुसन्धान अभियोजनका लागि राख्ने म्याद हुन्छ । ६१ औँ दिनमा जसरी पनि हामीले अदालतसमक्ष प्रश्तुत गर्नुपर्ने भएकाले अब हामी समक्ष यो अभियोजन गर्नका लागि टिमले अध्ययन गर्ने र तथ्य र प्रमाणको विश्लेषण गरेर अभियोगपत्र तयार गर्ने जिम्मेवारी आइपुगेको छ ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *